Saturday, July 25, 2015

नक्कली अाइफाेन बनाउने पक्राउ


चिनियाँ प्रहरीले बेइजिङ स्थित नक्कली आइफोन बनाउने कम्पनीमाथि कारवाही गरेको छ। कम्पनीले १९६ लाख अमेरिकी डलर मूल्य बराबरका ४० हजार वटा भन्दा बढी नक्कली आइफोन निर्माण गरेको बताइएको छ। news.xinhuanet.com का अनुसार प्रहरीले उक्त कार्यमा संलग्न ९ जनालाई गिरफ्तार गरेको छ। १० लाखभन्दा बढी मोबाइलका पाटपूर्जा पनि कम्पनीको फ्याक्ट्रिमा भेटिएको बताइएको छ। गत मे महिनामा अमेरिकामा चीनमा बनेका नकल्ली फोन भेटिएपछि प्रहरीले अनुुसन्धान गर्दै आएको बताएको छ। कम्पनीले बाहिरी देशहरुबाट पुराना फोन र पाटपूर्जा खरिद गर्ने र सेनजेन शहरबाट लोगो खरिद गरेको बताइएको छ। कम्पनीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

0 comments:

Post a Comment