Wednesday, September 2, 2015

किन कोही मानिसलाई लामखुट्टेले बढि टोक्छ ? कारण यस्ता छन्


कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै जिउमा बढि झुम्मिने गरेको दाबी हुन्छ कसैकसैको । यस्तो दाबी गर्नेलाई हामीले जिस्काउने गर्छौँ प्रायः ।
अनि भन्ने गर्छौँ की तिमीलाई बढि मन पराएको होला नी लामखुट्टेले । साँच्ची उक्त साथीले नखरा पारेको हो, आखिर लामखुट्टेले टोक्ने त सबैलाई उस्तै त हो भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । लामखुट्टेले धनी, गरीब, दुब्लो मोटो, कालो तथा गोरो भनेर विभेद गर्ने कुरा भएन । कोही मानिसको रगत बढि मीठो र कसैको नमीठो हुने कुरा पनि भएन ।
त्यसैले लामखुट्टेले जसलाई मौका पायो उसैको जिउबाट रगत चुस्ने हो नी भन्ने ठम्याइ हुन्छ हाम्रो । तर वास्तवमा हाम्रो यो ठम्याइ गलत रहेछ । हालैको एक अध्ययनले मानिसको रगतको प्रकारले उसलाई लामखुट्टेले कति सताउँछ भन्ने कुराको निधो हुने तथ्य पत्ता लगाएको छ ।

शोधकर्ताका अनुसार लामखुट्टेले मानिसको जिउबाट रगत चुस्न रुचाउने दर मानिसको रक्त समूह अर्थात् ब्लड ग्रुपमा निर्भर गर्दछ ।
अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्सका शोधकर्ताहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले बढि मन पराउँछ । ओ ब्लड ग्रुप भएका मानिसको शरीरको रगत चुस्न लामखुट्टेले बढि रुचाउँछ ।
शोधकर्ताहरुका अनुसार हाम्रो रगतमा प्रोटिन हुन्छ र उक्त रक्तप्रोटिन ओ ग्रुपको रगतमा बढि हुन्छ । त्यसैले बी ब्लड ग्रुप भएका मानिसको तुलनामा ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले टोक्ने दर दोब्बर हुन्छ । त्यस्तै ए ब्लड ग्रुपका मानिसलाई बी ब्लड ग्रुपका मानिसलाई भन्दा पनि लामखुट्टेले कम टोक्छ ।
शोधका अनुसार लामखुट्टे मानिसको पसिनाको गन्धबाट पनि आकषिर्त हुन्छ । बढि पसिना आउने मानिसप्रति लामखुट्टे बढि आकषिर्त हुने शोधकर्ताको ठम्याइ छ । पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड तथा एमोनिया जस्ता तत्व हुन्छन् जसले लामखुट्टेलाई आकषिर्त गर्दछ ।
त्यस्तै एक शोधका अनुसार लामखुट्टेले हेर्ने तथा रंग छुट्टाउने क्षमता पनि हुन्छ । लामखुट्टेले रातो, निलो तथा कालो लगायतका रंग सजिलै सँग पहिचान गर्न सक्छ । त्यसैले यदि तपाइँले यस्ता रंगका कपडा पहिरिनुभयो भने लामखुट्टेले बढि सताउनेछ ।
शोधले अर्को रोचक कुराको खुलासा पनि गरेको छ । जस अनुसार बियर पिउने मानिसलाई नपिउने मानिसको तुलनामा लामखुट्टेले बढि सताउने गर्छ । बियर पिउने मानिसको शरीरमा इथानोलको मात्रा बढि हुन्छ । इथानोलले मानिसलाई बढि आकषिर्त गर्दछ ।
-अनलाइन खबर बाट

0 comments:

Post a Comment